ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालका ३ खेलाडीले क्यानडियन लिग खेल्ने

शनिबार, असार ८, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडियन ग्लोबल टि–२० लिग खेल्ने भएका छन् ।

शनिवार विहान भएको खेलाडी ड्राफ्टमा पौडेललाई टोरोन्टो नेशनल्सले टोलीमा अनुबन्ध गरेपछि उनले पहिलो पटक फ्रेन्चाईज टि–२० लिग खेल्ने पक्का भएको हो । टोरोन्टोमा रोहितसंगै पाकिस्तानी तीब्र गतिका बलर शाहीन अफ्रिदी, दक्षिण अफ्रिकाका र्यासी भ्यान डर डसन,कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो शेफर्ड ,पाकिस्तानका स्पिनर मोहम्मद नवाज, बंगलादेशमा ऋषाद होसेन, अमेरिकाका आन्द्रेस गुस र क्यानडाका कप्तान साद बिन जफरलाई पनि टोरोन्टोले अनुबन्ध गरेको छ ।

यस्तै नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले पनि ग्लोबल टि–२० लिग खेल्ने भएका छन् । यसअघि मोन्ट्रियल टाइगर्स बाट खेलेका ऐरीलाई भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको हो । मोन्ट्रियल र टोरोन्टोमा अनुबन्ध भएर लिग खेलिसकेका लामिछानेलाई यस पटक भ्यानकुभरले लिएको हो ।

लामिछाने र ऐरी रहेको टोलीमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवान लगातयतका विश्व चर्चित खेलाडीहरु रहेका छन् ।  ग्लोबल टि–२० लिग आगामी जुलाई २५ देखि सुरु हुँदै छ । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्