ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्रिकेटमा डेब्यु गरेको महसुस भयो :सन्दीप लामिछाने

शनिबार, असार ८, २०८१

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेले धेरै समयपछि क्रिकेट फिल्डमा पाईला राख्दा डेब्यु गरेको महसुस भएको बताएका छन् ।

आईसीसी टी–२० विश्वपकमा सहभागी भएर फर्कने क्रममा शनिवार त्रिभुवन बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै लामिछानेले धेरै आरोह र अवरोहकाबीच आफु वेष्टईण्डिज पुगेको बताउँदै विश्वकपमा सहभागि हुँदै गर्दा डेब्यु गरिरहेको महसुस भएको बताएका हुन् ।

पहिलो खेलमा आफुले विकेट लिन नसकेपनि दोस्रो खेलमा दुई विकेट लिएर टि–२० अन्तराष्ट्रिय क्रिकेटमा एक सय विकेट पुरा गर्न सफल भएकोमा खुसी लागेको समेत बताएका हुन् ।

दक्षिण अफ्रिकासंगको खेलमा नेपालले सोचेको भन्दा राम्रो प्रदर्शन गर्न सफल भएको बताउँदै उनले उच्च प्रदर्शनमा नेपालका सबै खेलाडीको उच्च योगदान रहेको समेत उल्लेख गरे ।

दक्षिण अफ्रिकासंगको हारमा नेपाली टोलीमा अनुभवको कमी भएको बताउँदै उनले आगामी खेलमा सुधार गर्दै जाने बताए । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्