ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरो कप :

जर्जिया र चेकरिपब्लिकको खेल बराबरीमा

शनिबार, असार ८, २०८१

एजेन्सी : युरो कप फुटबलमा जर्जिया र चेक रिपब्लिकाबीचको खेल बराबरीमा टुंगिएको छ ।

जर्मनीको ह्यामबर्गमा शनिवार राती भएको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् ।

जर्जियाले पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत गोल गर्दै अग्रता बनायो ।रोबिन ह्रनाचले बक्स भित्र ह्याण्ड गर्न पुगेपछि पाएको पेनाल्टीमा जर्जेस मिकाउताड्जेले जाली चुमाए ।

खेलको ५९औ मिनेटमा प्याट्रिक शिखले गोल गर्दै चेक रिपब्लिकलाई बराबरीमा पुर्याएका थिए ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्