HAPPY NEW YERA HAPPY NEW YERA

पञ्जावसंग ७ विकेटले हार्याे चेन्नेई

बिहीबार, वैशाख २०, २०८१

काठमाण्डाैँ । ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा पञ्जाव किङ्गसले चेन्नेई सुपर किङ्सलाई पराजित गरेकाे छ ।

बुधबार साँझ भएको खेलमा चेन्नेई पञ्जावसंग ७ विकेटले पराजित भएको हाे । जितका लागि चेन्नेईले प्रस्तुत गरेकाे  १६३ रनको लक्ष्य पञ्जावले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे ।

उसकालागि जाेनी बरिष्टउले ४६ तथा रिली रोसोउले ४३ रन जाेडे ।साम करण २६ तथा सशांक सिं २५ रनमा अविजित रहे । त्यसअघि एम ए चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको छ ।

.चेन्नईको लागि कप्तान रुतुराज गाइक्वाडले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन जोडे। अजिन्क्या रहानेले २९ रनको योगदान गर्दा समीर रिज्वीले २१ रन बनाउँदा क्याच आउट भए। मोइन अलिले १५ रन तथा महेन्द्रसिंह ध्वनीले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
चेन्नईलाई सस्तैमा समेट्न पञ्जाबका हर्पित बरार र राहुल चहारले समान दुइ तथा कागिसरो रवदा र अर्सदीप सिंहले समान एक/एक विकेट लिए। जितसङ्गै पञ्जाव साताैँ स्थानमा उक्लिएकाे छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०५:२०
प्रतिक्रिया दिनुहोस्