ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

भारतले दियो बंगलादेशलाई १९७ रनको लक्ष्य 

शनिबार, असार ८, २०८१

काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को खेलमा भारतले बंगालादेशसामु जितका लागि १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सर भिभियन रिचर्ड्स स्टेडियम, एन्टिगुआमा टस हारेर पहिले ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९६ रन बनायो ।

भारतकालागि हार्दिक पाण्ड्याले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५० ररमा अविजित रहे । बिराट कोहलीले ३७ , ऋषभ पन्तले ३६ , शिवम दुवेले ३४ तथा कप्तान रोहित शर्माले २३ रनको योगदान गरे । सूर्यकुमार यादब ६ रनमा समेटिए ।

सेमीफाईनलको सम्भावना बलियो बनाउन भारतलाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ । पहिलो खेलमा हार ब्यहोरेको बंगलादेश भारतसंग पराजित भएमा विश्वकपबाट बाहिरिनेछ ।

जारी विश्वकमा भारत अपराजित टोली हो ।
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्