ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

बंगलादेशलाई हराउँदै भारत सेमिफाईनल नजिक

आइतबार, असार ९, २०८१

काठमाडौँ :आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को खेलमा भारतले बंगालादेशमाथि शानदार जित निकालेको छ ।

शनिवार राती भएको खेलमा भारतले बंगालादेशलाई ५० रनले हराउँदै लगातार दोस्रो जित निकालेको हो । जितका लागि भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगालादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सक्यो ।

उसकालागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४० रनको योगदान गरे । तान्जिद हसनले २९ तथा  रिशाद हुसेनले २४ रन जाडे । भारतका लागि कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १९ रन मात्र खर्च गरे । अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिदाँ हार्दिक पाण्ड्याले एक विकेट हात पारे ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम, एन्टिगुआमा टस हारेर पहिले ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९६ रन बनायो । भारतकालागि हार्दिक पाण्ड्याले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५० ररमा अविजित रहे । बिराट कोहलीले ३७ , ऋषभ पन्तले ३६ , शिवम दुवेले ३४ तथा कप्तान रोहित शर्माले २३ रनको योगदान गरे ।

सूर्यकुमार यादब ६ रनमा समेटिए ।

लगातार जितसंगै भारत सेमिफाईनल नजिक पुगेको छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्