ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य

आइतबार, असार ९, २०८१

काठमाडौँ : दुई ओपनर ब्याट्सम्यानले अर्धसतकिय पारी खेल्दै बिस्फोटक ब्याटिङ गरेपछि अफगानिस्तानले अष्ट्रेलियासामु जितकालागि १४९ रनको चुनौति प्रस्तुत गरेको छ ।

अर्नोस भेल मैदान,सेन्ट भिन्सेन्टमा टस हारेर पहिले ब्याटिङमा तानिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो । अफगानिस्तानकालागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ६० रनको योगदान गरे ।

४९ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । इब्राहिम जाद्रानले ५१ रन जाडे । गुरबाज र जाद्रानले पहिलो विकेटकालागि ११८ रनको शतकिय साझेदारी गरे ।

१५.५ ओभरसम्म कुनैपनि विकेट नगुमाएको अफगानिस्तानले पहिलो विकेटको रुपमा गुरबाजलाई गुमाएपछि लगातार विकेट झर्ने क्रम रोकिएन । अन्तिम ५ ओभरमा अफगानिस्तानले बाँकी ५ विकेट गुमायो । करीम जानतले १३ तथा मोहम्मद नाबीले १० रन जोड्दा अजमातुल्लाह उमरजाई र कप्तान राशिद खान २ रनमा समेटिए ।
बलिङतर्फ प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए । आडम जाम्पाले दुई तथा मार्कस स्टोइनिसले एक विकेट हात पारे । सेमिफाईनलमा सम्भावना कायमै राख्न अष्ट्रेलियालाई अफगानिस्तानविरुद्ध जित निकाल्नै पर्ने दबाब छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को समुह "ए" मा भारत शिर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो तथा अफगानिस्तान तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्