ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

सात पटकको विश्वकप विजेता अष्ट्रेलिया, अफगानिस्तानसंग पराजित

आइतबार, असार ९, २०८१

काठमाडौँ : सात पटकको विश्वकप विजेता अष्ट्रेलिया अफगानिस्तानसंग पराजित भएको छ ।

आईतवार विहान भएको खेलमा अष्ट्रेलियालाई २१ रनले हराउँदै अफगानिस्तानले सनसनी मच्चाएको हो । जितकालागि अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.२ ओभरमा सवै विकेट गुमाउँदै १२७ रनमा समेटियो । उसकालागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाएपनि अन्य ब्याटरले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

अफगानिस्तानका गुलाबदिन नाइबले सर्वाधिक  ४ तथा  नविन उल हकले ३ विकेट लिए । अस्ट्रेलियाले ६ पटक एकदिवसीय विश्वकप र एक पटक टी–२० विश्वकप जितेको छ ।

त्यसअघि  अर्नोस भेल मैदान,सेन्ट भिन्सेन्टमा टस हारेर पहिले ब्याटिङमा तानिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो । अफगानिस्तानकालागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ६० रनको योगदान गरे । ४९ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । इब्राहिम जाद्रानले ५१ रन जाडे । गुरबाज र जाद्रानले पहिलो विकेटकालागि ११८ रनको शतकिय साझेदारी गरे ।

१५.५ ओभरसम्म कुनैपनि विकेट नगुमाएको अफगानिस्तानले पहिलो विकेटको रुपमा गुरबाजलाई गुमाएपछि लगातार विकेट झर्ने क्रम रोकिएन । अन्तिम ५ ओभरमा अफगानिस्तानले बाँकी ५ विकेट गुमायो ।

करीम जानतले १३ तथा मोहम्मद नाबीले १० रन जोड्दा अजमातुल्लाह उमरजाई र कप्तान राशिद खान २ रनमा समेटिए । बलिङतर्फ प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए ।

आडम जाम्पाले दुई तथा मार्कस स्टोइनिसले एक विकेट हात पारे । 

अष्ट्रेलियाले सन् २०२१ को टी–२० विश्वकपको उपाधि उचालेको थियो । ६ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७, २०१५ र २०२३ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।


 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्