ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पदक विजेता खेलाडीलाई बैंक खातामार्फत पुरस्कार

आइतबार, असार ९, २०८१

काठमाडौँ : सरकारले अब देखि अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई बैंक खातामार्फत नै पुरस्कारको ब्यबस्था गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सरकारले पुरस्कारको घोषणा गरेपनि अझै दिन नसकेको भन्दै आलोचना भईरहेका बेला युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका हुन् ।

प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको बताएका छन् ।

उनले एशीयन र साग खेलकुदमा पदक विजेता खेलाडीहरुका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले युवाहरुलाई कुलतमा लाग्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्