ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिकाविरुद्धको सिरिज भारतले क्लीन स्वीप गर्‍यो

आइतबार, असार ९, २०८१

एजेन्सी : दक्षिण अफ्रिकाविरुद्धको महिला एक दिवशीय सिरिज भारतले क्लीन स्वीप गरेको छ ।

आईतवार साँझ सकिएको तेस्रो तथा अन्तिम खेलमा भारतले दक्षिण अफ्रिकामाथि  ६ विकेटको जित निकालेको हो । जितकालागि दक्षिण अफ्रिकाले दिएको २१६ रनको लक्ष्य भारतले ४०.४ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

भारतको जितमा स्मृति मानधनाले सर्वाधिक ९० रनको योगदान गरिन् । कप्तान हरमनप्रीत कौरले ४२ तथा प्रिया पुनियाले २८ रन जोडिन् ।

त्यसअघि भारतको एम चिन्नास्वामी स्टेडियम बेङलुरुमा टस जितेर सुरुवाती ब्याटिङ थालेको दीषण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१५ रन बनाएको थियो ।  उसकालागि लाओरा वोल्भार्डले सर्वाधिक ६१ रन जोडिन् । ताजमिन ब्रिट्सले ३८ रन बनाईन् ।

पहिलो खेलमा भारत १४३ रनले बिजयी हुँदा दोस्रो खेल पनि उसले ४ रनले आफ्नो पक्षमा पारेको थियो ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्