ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

अमेरिकाले इंग्ल्याण्डलाई दियो ११६ रनको लक्ष्य

आइतबार, असार ९, २०८१

एजेन्सी : आईसीसी विश्वकप क्रिकेट अन्तर्गत सुपर-८ को खेलमा अमेरिकाले इंग्ल्याण्डसामु जितकालागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केन्सिङ्टन ओवल, ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङमा तानिएको अमेरिकाले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ११५ रन बनायो । उसकालागि नितिश कुमारले सर्वाधिक ३० तथा कोरी एन्डरसनले २९ रनको योगदान गरे । हर्मित सिंले २१ रन बनाउँदा स्टेभेन टेलरले १२ रन जोडे । कप्तान आरोन जोन्स १० रनमा समेटिए ।  

बलिङतर्फ क्रिस जोर्डनले सर्वाधिक ४ विकेट लिए । आदिल रशीद र साम करणले २/२ विकेट हात पारे  ।
समुह "बी" बाट सेमिफाईनलको सम्भावना कायमै राख्न इंग्ल्याण्डलाई आजको खेल जित्नै पर्ने दबाब छ । समुह "बी" बाट शिर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले लगभग सेमिफाईनलको यात्रा तय गरिसकेकाले अब इंग्ल्याण्ड र वेष्टईण्डिज मध्ये एक टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ । यस समुहबाट अमेरिका भने बाहिरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्