ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली

जोर्डनको ह्याट्रिक विकेट,बटलरले हाने एकै ओभरमा ५ छक्का
आइतबार, असार ९, २०८१

एजेन्सी : अमेरिकाविरुद्ध शानदार जित निकाल्दै इंग्ल्याण्ड आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

आईतवार राती भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो । जितकालागि अमेरिकाले दिएको ११६ रनको लक्ष्य इंग्ल्याण्डले ९.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो ।

 इंग्ल्याण्डको जितमा कप्तान जश बटलरले सर्वाधिक ८३ रनको योगदान गरे । ३८ बलको सामना गरेका उनले ६ चौका र ७ छक्का प्रहार गरे ।

एकै ओभरमा उनले ३२ रन जोड्दै इंग्ल्याण्डलाई सेमिफाईनलमा डोर्याए । ८.१ ओभरमा १ रन लिएका उनले दोस्रो,तेस्रो,चौथो तथा पाँचौ बलमा लगातार  छक्का प्रहार गरेका थिए । त्यसपछि वाईड बलमा एक रन पाएका उनले ओभरको अन्तिम बलमा पनि छक्का हिर्काएका थिए  । उनले यो ओभरमा लगातार ५ छक्का प्रहार गरे । फिलिप साल्टले २५ रन जोडे ।

अमेरिकी बलरले जश बटलर र फिलिप साल्टको ओपनिङ साझेदारी तोड्न सकेनन् ।

england-team-1719165557.jpg

त्यसअघि केन्सिङ्टन ओवल, ब्रिजटाउनमा टस हारेको पहिले ब्याटिङमा तानिएको अमेरिकाले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ११५ रन बनाएको थियो  । उसकालागि नितिश कुमारले सर्वाधिक ३० तथा कोरी एन्डरसनले २९ रनको योगदान गरे । हर्मित सिंले २१ रन बनाउँदा स्टेभेन टेलरले १२ रन जोडे । कप्तान आरोन जोन्स १० रनमा समेटिए ।  बलिङ तर्फ इङ्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिक विकेट लिए ।

Jordan-1719165455.jpg

जारी टी–२० विश्वकप मा ह्याट्रिक गर्ने उनी दोस्रो बलर बनेका छन् । यसअघि अस्ट्रेलियाका प्याट कमिन्सले यो विश्वकपमा दुई पटक ह्याट्रिक गरेका थिए । तीनवटै खेल खेलेपछि इंग्ल्याण्ड सुपर -८ को समूह बीको शीर्ष स्थानमा पुगेको छ ।

यस समूहको अन्तिम खेलमा अब दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुने छ । यी दुई टोली मध्ये एक टोली सेमिफाइनलमा पुग्ने छ ।  
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २३:३४
प्रतिक्रिया दिनुहोस्