ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वेष्टइण्डिज ‘ए’ बिरुद्धको चौथो टि–२० आज

बिहीबार, वैशाख २०, २०८१

काठमाण्डौ । घरेलु टोली नेपालले बिहिबार वेष्टइण्डिज ‘ए’ बिरुद्धको र्चाैथो टि–२० सिरिज खल्दै छ । पहिलो खेलमा पाहुनाटोलीमाथि शानदार जित निकाले पनि दोस्रो र तेस्रो खेलमा पराजय भोगेको नेपालमाथि बिहिबारको खेल जित्नै पर्ने दबाब छ । बिहिबारको खेल जितेमा नेपालले सिरिज २–२ को बराबरी गर्नेछ ।

पहिलो खेलमा चार विकेटको जित निकालेको घरेलुटोलीले दोस्रो खेल १० तथा  बुधबार भएको तेस्रो खेल ७६ रनले सुम्पन पुगेको थियो । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १२ः३० बजे हुने खेलमा विश्वकपका लागि घोषित टोली नै मैदानमा उत्रने सम्भावना छ ।

बिश्वकपको टोली घोषणा हुनुअघि सबैलाई मौका दिएका प्रशिक्षक मोन्टी देशाईले अबको बाँँकी दुई खेलमा बिश्वकप खेल्ने टोलीलाई नै मैदानमा उतार्ने तयारी गरेका छन् । आगामी जुनमा वेष्ट इण्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल भइरहेको हो ।पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्