ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरोकप :

स्विट्जरल्याण्डसंग बराबरी खेल्दै जर्मनी समुह बिजेता

सोमबार, असार १०, २०८१

एजेन्सी : युरोकप फुटबलमा जर्मनी र स्विट्जरल्याण्डले बराबरी खेलेका छन् ।

आईतवार राती भएको खेलमा स्विट्जरल्याण्डले अग्रता जोगाउन नसक्दा जर्मनीसंग बराबरीमा चित्त बुझाएको हो । खेलको २८ औं मिनेटमा डान एनडोएले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको ईञ्जुरी समयमा जर्मनीका निकलस फुलक्रगले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए । हार नजिक पुगेको जर्मनीले बराबरीसंगै समूह "ए"  विजेता बन्न पर्याप्त रह्यो ।

बराबरीपछि जर्मनीको तीन खेलबाट ७ अंक भएको छ । जर्मनीसंगै स्विट्जरल्याण्ड पनि ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्