ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरोकप :

युरोकपबाट बाहिरियो स्कटल्याण्ड

बन्यो जारी युरोकपबाट बाहिरिने पहिलो टोली
सोमबार, असार १०, २०८१

एजेन्सी :स्कटल्याण्ड युरोकप फुटबलबाट बाहिरिएको छ ।

आईतवार राती भएको खेलमा हंगेरीसंग १–० ले पराजित हुँदै स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको हो । हंगेरीले स्कटल्याण्डको बिरूद्ध खेलको १०० औं मिनेटमा नाटकीय विजयी गोल गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

दोस्रो हाफमा स्कटल्याण्डका गोलकिपर एङ्गस गनसँग ठोक्किएपछि हंगेरीका स्ट्राइकर बर्नाबास भार्गालाई गम्भीर चोट लाग्दा खेल केहि समय बिथोलएको थियो । २९ वर्षीय वर्गालाई स्ट्रेचर ल्याईएपनि उनको मैदानमै चिकित्सकहरुले उपचार गरेका थिए ।

hide-Varga-while-he-receives-medical-treatment-1719194187.jpg

यसअघि लगातार दुई खेल हारेको हंगेरीलाई पहिलो जित दिलाउन केभिन कोबोथले इन्जुरी टाइमको दशौँ मिनेटमा गोल गरे । जितपछि हंगेरी ३ खेलबाट ३ अंक जोडेर समूह ए को तेस्रो स्थानमा छ । जितसंगै हंगेरीका लागि उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुग्ने सम्भावना जिसवतै छ । त्यसका लागि समूह चरणका बाँकी खेलहरुको नतिजा कुर्नुपर्नेछ ।

स्कटल्याण्ड भने जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । स्कटल्याण्ड पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।तीन खेलबाट १ अंक मात्र जोडेको स्कटल्याण्ड जारी युरोकप बाहिरिने पहिलो टोली  बनेको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्