ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

वेष्टईण्डिजले दियो दक्षिण अफ्रिकासामु १३६ रनको लक्ष्य

सोमबार, असार १०, २०८१

एजेन्सी : आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर -८ अन्तर्गत समहु "बी" को अन्तिम खेलमा घरेलु टोली वेष्टईण्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सर भिभियन रिचर्ड्स स्टेडियम, नर्थ साउन्ड, एन्टिगुआमा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टईण्डिजले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो ।

उसकालागि रोस्टन चेसले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५२ रन जोडे । काइल मेयर्सले ३५ तथा आन्द्रे रसेलले १५ रन बनाए ।यस समुहबाट इंग्ल्याण्ड सेमिफाईनल पुगिसकेको छ । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्