ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

वेष्टईण्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाईनलमा

समुह"बी" को बिजेता बन्यो दक्षिण अफ्रिका
सोमबार, असार १०, २०८१

एजेन्सी : घरेलु टोली वेष्टईण्डिजलाई हराउँदै दक्षिण अफ्रिका आईसीसी टि-२० विश्वको क्रिकेटको सेमिफाईनलमा पुगेको छ ।

सोमवार बिहान भएको खेलमा वेष्टईण्डिजविरुद्ध ३ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका समुह "बी"को बिजेता बन्दै सेमिफाईनलमा पुगेको हो । वर्षाले बिथोलिएपछि खेल १७ ओभरमा छोट्टाईएको थियो ।

जितकालागि वेष्टईण्डजले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा २ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १५ रन बनाएको अबस्थामा ठूलो बर्षा भएपछि खेल केहि समय अबरुद्ध बनेको थियो ।

बर्षाका कारण करिब दुई घण्टा खेल हुन नसकेपछि ३ ओभर घटाउँदा दक्षिण अफ्रिकाले डिएलएस मेथर्डबाट १२३ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

दक्षिण अफ्रिाको जितमा ट्रिस्टन स्टब्सले सर्वाधिक २९ रनको योगदान गरे । हेनरिक क्लासेनले २२ तथा कप्तान एडेन मार्करामले १८ रन जोडे । मार्को जेन्सेनल २१, क्वीन डे ककले १२ तथा डेभिड मिलरले ४ रन जोडे ।

यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम, नर्थ साउन्ड, एन्टिगुआमा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टईण्डिजले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । उसकालागि रोस्टन चेसले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५२ रन जोडे । काइल मेयर्सले ३५ तथा आन्द्रे रसेलले १५ रन बनाए । जारी विश्वकपमा दक्षिण अफ्रिका अपराजित टोली समेत हो । 

यो पनि पढ्नुहोस् : इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्