ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि-२० विश्वकप :

पेचिलो बन्यो सेमिफाईनल होड

भारत, अष्ट्रेलिया वा अफगानिस्तान ! को पुग्ला सेमिफाईनल ?
सोमबार, असार १०, २०८१

काठमाडौँ : टि-२० विश्वकप क्रिकेटको सेमिफाईनलमा पुग्ने दुई ओटा टोलीको छिनोफानो भईसकेको छ । समुह "बी" बाट इंग्ल्याण्ड र दक्षिण अफ्रिकाले सेमिफाईनलको टिकट काटिसकेका छन् । अब समुह "ए" बाट सेमिफाइनलमा पुग्ने दुई ओटा टोलीको छिनाफानो हुन बाँकी छ ।

समुह "ए"बाट भारत ,अफगानिस्तान वा अष्ट्रलेलिया मध्ये दुई टोली अन्तिम चारमा पुग्दा एक टोली प्रतियोगिताबाट बाहिरिने छ । समुह "ए" मा रहेको भारत तीन मध्ये दुई खेल जितेर ४ अंक सहित शिर्ष स्थानमा छ । उसले अब अन्तिम एक खेल खेल्न बाँकी छ । भारतले आफ्नो अन्तिम खेल आज अष्ट्रेलियासंग खेल्दैछ । सेमिफाईनल पुग्न आज अष्ट्रेलियाले जुनसुकै हालतमा खेल जित्नैपर्छ । एकातर्फ भारतमाथि जित्नै पर्ने दबाबमा रहेको अष्ट्रेलियालाई अर्को तर्फ बर्षाले खेल थिोलिन सक्ने चिन्ता पनि छ । 

यस्तो अबस्थामा डिफेन्डिङ च्याम्पियन्स अष्ट्रेलिया सेमिफाईनलमा पुग्न सक्छ त ? समहु एको समीफाईनल यात्रा पेचिलो बन्दै गएका बेला भारत, अष्ट्रेलिया वा अफगानिस्तान मध्ये कुन टोलीले सेमिफाईनलमा  स्थान बनाउन सक्ला ? भारत र अष्ट्रेलियाको खेलमा ७० प्रतिशत बर्षाको सम्भावाना पनि देखिएको छ । खेल रद्ध भएमा के होला सेमिफाईनल समिकरण ? आउनुहोस आज हामी यसै बिषयमा चर्चा गर्दैछौँ । 

समुह "बी"बाट दुई टोली दक्षिण अफ्रिका र इंग्ल्याण्डलले सेमिफाईनलमा स्थान बनाईसक्दा समुह "ए" को सेमिफाईनल होड भने निकै पेचिलो बनेको छ । अहिले सम्म अपराजित भारत दुई खेलमा जित निकाल्दै ४ अंककासाथ समुहको शिर्ष स्थानमा  ।

भारतले अब एक खेल खेल्न बाँकी छ । दुई खेल मध्ये एकमा जित र एकमा हार भोगेको अष्ट्रेलिया २ अंकका साथ दोस्रो तथा समान अंकको अफगानिस्तान तेस्रो स्थानमा छ । लगातार दुई खेलमा पराजय भोगेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिसकेको छ । आईतवार भएको खेलमा अफगानिस्तानले ७ पटकको विश्वबिजेता अष्ट्रेलियालाई २१ रनले हराएपछि भारतको समेत सेमिफाईनल यात्रा धर्मराउने देखिन्छ  ।

अष्ट्रेलिया र अफगानिस्तानको टोलीले सुपर–८ चरणमा आ–आफ्नो अन्तिम खेल जितेमा भारतलाई सेमिफाइनल पुग्न कठिनाई हुने देखिन्छ । यस्तो अवस्थामा भारत, अष्ट्रेलिया र अफगानिस्तानको समान ४/४ अंक हुनेछ । राम्रो नेट रन रेट भएका दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यसैले सेमिफाईनलमा पुग्न भारतको राम्रो नेट रनरेट आवश्यक हुनेछ । अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई हराएमा भने भारत सिधै सेमिफाईनलमा पुग्ने छ । 

 भारत र अष्ट्रेलियाको खेल बिथोलिन सक्छ :
भारत र अष्ट्रेलियाबीचको खेल सेन्ट लुसियाको ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सोमवार राती सवा ८ बजे हुनेछ । सुपर–८ मा दुवै टोलीको यो अन्तिम खेल हुनेछ ।

सेमिफाइनलको दृष्टिकोणले अस्ट्रेलियाका लागि यो खेल निकै महत्वपूर्ण हुनेछ । सेमिफाइनलमा पुग्न अष्ट्रेलियाले जुनसुकै हालतमा खेल जित्नैपर्छ । तर यो खेल बर्षाले प्रभावित हुन सक्ने निश्चित छ ।

एक्यु-वेदरका अनुसार सेन्ट लुसियामा हुने भारत–अष्ट्रेलियाबीचको खेलको दिन झन्डै ७० प्रतिशत पानी पर्ने सम्भावना छ ।  स्थानीय समय अनुसार यो खेल बिहान १०.३० बजे सुरु हुनेछ । यसबाहेक आकाशमा करिब ७५ प्रतिशत बादल रहनेछ भने ४५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ  ।
यदि खेल रद्द भयो भने, के अष्ट्रेलिया बाहिरिन्छ ?
यदि भारत र अष्ट्रेलियाबीचको खेल वर्षाका कारण रद्द भयो भने यस्तो अवस्थामा अस्ट्रेलिया बाहिरिन सक्छ । तर यसकालागि अफगानिस्तानको अन्तिम खेलमा निर्भर रहनेछ । भारत र अष्ट्रेलियाबीचको खेल रद्द भएमा दुवै टोलीले १–१ अंक पाउनेछन् । अंक बाँड्दा भारतको ५ तथा अष्ट्रेलियाको ३ अंक हुनेछ । अफगानिस्तानले बंगलादेशविरुद्धको अन्तिम खेल जितेमा अष्ट्रेलिया बाहिरिनेछ ।

अफगानिस्तानसँगको अस्ट्रेलिया पराजित 
अष्ट्रेलिया सुपर–८ मा अफगानिस्तानसँगको दोस्रो खेलमा २१ रनले पराजित भएको थियो । हारका कारण उसको सेमिफाइनल पुग्ने सम्भावना समेत न्यून रह्यो । अस्ट्रेलियाले भारतसँगको खेल वर्षा वा अन्य कुनै कारणले रद्द नहोस् भनेर प्रार्थना गर्नुको विकल्प छैन ।

अष्ट्रेलियाले सन् २०२१ को टी–२० विश्वकपको उपाधि उचालेको थियो । ६ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७, २०१५ र २०२३ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । 

यो पनि :वेष्टईण्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाईनलमा

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्