ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

सोमबार, असार १०, २०८१

एजेन्सी : आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को आफ्नो अन्तिम खेलमा भारतले अष्ट्रेलियासामु जितका लागि २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेष्टईण्डिजको ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम,सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनायो ।

भारतकालागि कप्तान रोहित शर्माले सर्वाधिक ९२ रनको योगदान गरे । ४१ बलको सामना गरेका उनले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मा  टी–२० अन्तर्राष्ट्रियमा २०० छक्का प्रहार गर्ने विश्वकै पहिलो खेलाडी समेत बने ।

सूर्य कुमार यादवले ३१ तथा शिवम् दुवले २८ रन जोडे ।  हार्दिक पाण्ड्याले २७ तथा  ऋषभ पन्तले १५ रन जोडे पनि बिराट कोहलीले खाता नै खोल्न सकेनन् । बलिङतर्फ मिचेल स्टार्क र मार्कस स्टोइनिसले २ /२ विकेट लिए ।  जोश हेजलवुडले १ विकेट हात पारे । जारी विश्वपमा भारतले बनाएको यो नै सवैभन्दा दोस्रो ठूलो स्कोर हो । यसअघि वेष्टईण्डिजले अफगानिस्तानविरुद्ध २१८ रन बनाएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्