ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाईनलमा

फाईनल पुग्न इंग्ल्याण्डसंग खेल्ने
मंगलबार, असार ११, २०८१

एजेन्सी : अष्ट्रेलियालाई हराउँदै भारत टी–२० विश्वकप क्रिकेटको  सेमिफाईनलमा पुगेको छ ।

सोमवार राती भएको खेलमा अष्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारत अपराजित रहँदै सेमिफाईनल पुग्ने तेस्रो टोली बनेको हो । जितकालागि भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाउन सक्यो ।

उसकालागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान गरे । कप्तान मिचेल मार्शले ३७ ,ग्लेन म्याक्सवेलले २० तथा टिम डेभिडले १५ रन जोडे । अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ अर्शदिप सिंले सर्वाधिक ३ विकेट लिए । कुलदिप यादबले २ तथा जशप्रित बुमराह र अक्षर पटेलले एक एक विकेट लिए ।

त्यसअघि वेष्टईण्डिजको ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम,सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनायो ।

भारतकालागि कप्तान रोहित शर्माले सर्वाधिक ९२ रनको योगदान गरे । ४१ बलको सामना गरेका उनले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मा  टी–२० अन्तर्राष्ट्रियमा २०० छक्का प्रहार गर्ने विश्वकै पहिलो खेलाडी समेत बने । सूर्य कुमार यादवले ३१ तथा शिवम् दुवले २८ रन जोडे ।  हार्दिक पाण्ड्याले २७ तथा  ऋषभ पन्तले १५ रन जोडे पनि बिराट कोहलीले खाता नै खोल्न सकेनन् । बलिङतर्फ मिचेल स्टार्क र मार्कस स्टोइनिसले २ ,२ विकेट लिए ।  जोश हेजलवुडले १ विकेट हात पारे ।

जारी विश्वपमा भारतले बनाएको यो नै सवैभन्दा दोस्रो ठूलो स्कोर हो । यसअघि वेष्टईण्डिजले अफगानिस्तानविरुद्ध २१८ रन बनाएको थियो ।
भारतसंग पराजित भएपनि अष्ट्रेलियाको सेमिफाईनल सम्भावना कायमै छ । यदि मंगलवार अफगानिस्तानले बंगलादेशलाई पराजित गर्न नसकेमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने छ । भारतले अब सेमिफाईनलमा इंग्ल्याण्डसंग खेल्ने छ । सेमिफाईनलका खेलहरु बिहिवार हुनेछ । 

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ००:०३
प्रतिक्रिया दिनुहोस्