ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरो कप

इटाली र स्पेन नकआउट चरणमा 

मंगलबार, असार ११, २०८१

एजेन्सी : साविक विजेता इटाली युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमवार राती भएको खेलमा नाटकिय बराबरी गोलमा इटाली अन्तिम १६ मा पुगेको हो ।

खेलको ५५ औँ मिनेटमा लुका मोड्रिचले गोल गर्दै क्रोएसियाले अग्रता दिलाएपनि अन्तिम समय सम्म सम्हालिन सकेन । एक गोलले पछि परेको नतिजा उल्टाउँदै समुह उपबिजेताको रुपमा इटाली नकआउट चरणमा पुगेको हो । उसकालागि इन्ज्युरी समयको आठौं मिनेटमा माटिया जाकाग्नीले बराबरी गोल फर्काए ।

अर्को खेलमा अल्बानिया माथि १–० को जित निकाल्दै स्पेन समूहको शीर्ष स्थानमा रहँदै अकआउट चरणमा पुगेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्