ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वेष्टइण्डिजविरुद्धको चौथो खेलमा नेपाल सामु २१० रनको चुनौती

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं : वेष्टइण्डिज विरुद्धको चौथो टी–ट्वान्टी क्रिकेटमा नेपालले २१०  रनको लक्ष्य पाएको छ । 
कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर शुरुवाती ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको हो । 
वेष्ट इण्डिजको लागि जोनसन चाल्र्स र आन्द्रे फ्लेचरले अर्धशतकीय पारी खेलेका छन् । ३० बलका सामना गरेका चाल्र्सले  ६ छक्का र ३ चौकाको मद्दतमा ५८ रन जोड्दा ५४ बलका समाना गर्दै ८४ रन जोडेका आन्द्रे अविजित रहे । फवियन एलेन ३३ रनमा नट आउट रहे ।
वेष्ट इण्डिजलाई सस्तैमा समेट्ने क्रममा नेपालका कुशल भुर्तेलले दुइ तथा प्रतिश जिसीले एक विकेट लिए ।
पाँच खेलको श्रृङ्खलामा वेष्टइण्डिज २–१ ले अग्रता बनाएको अवस्थामा आजको खेल आफ्नो पक्षमा पार्दै नेपाल बराबरीमा पुग्ने लक्ष्यमा छ । श्रृङ्खलामा फर्कन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।
वेष्ट इण्डिज आजको खेलमा पनि नेपाललाई हराउँर्दै एक खेल अगाडी नै श्रृङ्खला जित्ने दाउमा रहेको छ । पहिलो खेलमा वेष्टइण्डिजलाई ४ विकेटले हराएको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।
नेपाल र वेष्टइण्डिजबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्