ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला फुटबलको खेलतालिका सार्वजनिक, नेपालले जोर्डनसंग खेल्ने

मंगलबार, असार ११, २०८१

काठमाडौँ : लेवनानमा आयोजना हुने चार देशीय सिडर्स महिला अन्तराष्ट्रिय फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

आगामी असार २६ गतेबाट लेवनानमा सुरु हुने प्रतियोगिताको उद्धघाटन खेलमा नेपालले जोर्डनसंग खेल्ने भएको हो । स्थानीय समयअनुसार विहान ११ बजे तथा नेपाली समयअनुसार दिउँसो १ :४५ बजे नेपाल र जोर्डनको खेल सुरु हुनेछ । यस्तै नेपालले असार २९ मा दोस्रो खेल बंगलादेशसंग खेल्ने छ । साउन १ गते नेपालले घरेलुटोली लेवनानसंग खेल्ने तालिका छ ।

असार २६ गतेबाट लेवनानमा सुरु हुने प्रतियोगिता साउन १ गते सम्म चल्नेछ ।

प्रतियोगितामा आयोजक लेवनान सहित बंगालादेश,जोर्डन र नेपालले सहभागिता जनाउनेछ । जोर्डन ६ पटकको वाफ च्याम्पियन तथा बंगलादेश २०२२ को साफ च्याम्पियन टोली समेत हो ।

-यस्तो छ खेल तालिका :
असार २६ गते 
नेपाल र जोर्डन दिउँसो १ :४५ बजे नेपाली समयअुसार
लेवनान र बंगलादेश साँझ ७:४५ बजे 
असार २९ गते 
नेपाल र बंगलादेश दिउँसो १ :४५ बजे नेपाली समयअुसार
लेवनान र जोर्डन साँझ ७ :४५ बजे ।
साउन १ गते 
बंगलादेश र जोर्डन दिउँसो १ :४५ बजे नेपाली समयअुसार
लेवनान र नेपाल साँझ ७ :४५ बजे ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्