ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य

मंगलबार, असार ११, २०८१

एजेन्सी :आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशसामु जितकालागि ११६ रनको लक्ष्य पेश गरेको छ ।

वेष्टईण्डिजको अर्नोस भेल मैदान, , सेन्ट भिन्सेन्टमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो ।

Afgan-01-1719281130.jpg

उसकालागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान गरे । ५५ बलको सामना गरेका उनले ३ चौका र एक छक्का प्रहार गरे । इब्राहिम जाद्रान २९ बलमा १८ रन जोडे । यी दुवैले पहिलो विकेटकालागि  ५९ रनको साझेदारी गरे ।

Afgan-02-1719281179.jpg

१०.४ ओभरमा पहिलो विकेट गुमाउँदा अफगानिस्तानले ५९ रन जोडेको थियो । कप्तान राशिद खानले अविजित १९ तथा अजमातुल्लाह उमरजाईले १० रन जोडे ।

आजको खेलबाट सेमिफाईनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ । यहि खेलबाट अष्ट्रेलियाको समेत भाग्यको फैसला हुनेछ । बंगालादेशलाई हराएमा अफगानिस्तान सेमिफाईनल पुग्नेछ । अन्तथा नेट रनरेटका आधारमा अष्ट्रेलिया सेमिफाईनल पुग्ने छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्