ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

अफगानिस्तान पहिलोपटक सेमिफाईनलमा,अष्ट्रेलिया  बाहिरियो 

मंगलबार, असार ११, २०८१

एजेन्सी : बंगालादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकप क्रिकेटको  सेमिफाईनलमा प्रवेश गरेको छ ।

पटक-पटक वर्षाले प्रभावित खेलमा ८ रनको जित निकाल्दै अफगानिस्तान पहिलो पटक सेमिफाईनलमा पुगेको हो । अफगानिस्तानको जितले अष्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ । अफगानिस्तानको जितमा नवीन उल हक नायक बने । जित तर्फ उन्मुख बङ्गालेशको ईनिङ ध्यस्त पार्दै नवीन उल हकले अफगानिस्तानलाई सेमिफाईनल पुर्याए । ३.५ ओभर बलिङ गरेका उनले २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । कप्तान राशिद खानले पनि समान ४ विकेट लिए । जितकालागि ११६ रनको लक्ष्य पछ्याउँदै बङ्गलादेशले जवाफी ब्याटिङ गर्ने क्रममा पटक-पटक बर्षा भएपछि खेल १९ ओभरमा झारिएको थियो ।

ओभर घटाउँदा डिएलएस मेथर्डमा बंगलादेशले ११४ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा अलआउट हुँदै १०५ रनमा समेटियो । बंगलादेशका लागि लिटन दासले अविजित ५४ रनको पारी खेले पनि जित दिलाउन सकेनन् । त्यसअघि वेष्टईण्डिजको अर्नोस भेल मैदान, सेन्ट भिन्सेन्टमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

उसकालागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान गरे । ५५ बलको सामना गरेका उनले ३ चौका र एक छक्का प्रहार गरे । इब्राहिम जाद्रान २९ बलमा १८ रन जोडे । यी दुवैले पहिलो विकेटकालागि  ५९ रनको साझेदारी गरे । १०.४ ओभरमा पहिलो विकेट गुमाउँदा अफगानिस्तानले ५९ रन जोडेको थियो । कप्तान राशिद खानले अविजित १९ तथा अजमातुल्लाह उमरजाईले १० रन जोडे । अफगानिस्तान सेमिफाईनल पुग्दा अष्ट्रेलियाको विश्वपक यात्रा टुंगिएको छ । भारतले अब सेमिफाईनलमा इंग्ल्याण्डसंग खेल्ने छ भने अफगानिस्तानले दक्षिण अफ्रिकासंग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्