ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला एसिया कप :

एशिया कप: उद्‌घाटनमा नेपालको प्रतिद्वन्द्वी यूएई

मंगलबार, असार ११, २०८१

काठमाडौँ : महिला एसिया कप क्रिकेटको नयाँ खेल तालिका सार्वजनिक भएको छ ।

एसियाली क्रिकेट काउन्सिलले मंगलवार जारी गरेको खेल तालिका अनुसार नेपालले उद्धघाटन खेलमा युएईसंग प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेलमा नेपालले जुलाई २१ मा पाकिस्तानसंग खेल्नेछ । यस्तै नेपालले जुलाई २३ तारिखमा भारतसंग खेल्ने तालिका छ ।

आगामी जुलाई १९ तारिखबाट २८ तारिख सम्म श्रीलंकामा हुने एसिया कपमा ८ राष्ट्रले सहभागि जनाउने छन् । एसिया कपमा नेपालसहित भारत, पाकिस्तान ,युएई ,बंगलादेश ,श्रीलंका, मलेसिया र थाईल्याण्ड सहित ८ टोली सहभागी छन् । नेपाल रहेको समुह ए मा भारत,पाकिस्तान जस्ता बलिया टोली रहेका छन् ।

यसअघि नेपालले आफ्नो पहिलो खेल जुलाई १९ मा पाकिस्तानसंग खेल्ने तालिका रहेपनि एसियाली क्रिकेट काउन्सिलले मंगलवार अद्यावधिक गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो । 

449180280_18235381072280194_7495339389849899717_n-1719319251.jpg


 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्