ADD FOR WEBSIDE ADD FOR WEBSIDE

डेभिड वार्नरले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा 

मंगलबार, असार ११, २०८१

एजेन्सी : अष्ट्रेलियन राष्ट्रिय क्रिकेट टोलीका ओपनर डेभिड वार्नरले सन्यासको घोषणा गरेका छन् ।

जारी विश्वकपबाट बाहिरिएपछि ३७ बर्षिय वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याषको घोषणा गरेका हुन् । भारतसंग पराजित भएपनि सेमिफाईनल पुग्ने आशामा रहेको अष्ट्रेलिया अफगानिस्तानले बंगलादेशलाई हराएपछि टी–२० विश्वकपबाट बाहिरिएको हो । सन् २०११ मा न्युजिल्याण्ड विरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।

अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै उनल् ११२ टेस्ट खेलेका छन् । उनले यस क्रममा ८ हजार ७ सय ८६ रन बनाएका छन् । ३ दोहोरो शतक बाहेक वार्नरको नाममा टेष्ट फर्म्याटमा २६ शतक छ । यस बाहेक उनले ३ सय रनको आँकडा पार गरिसकेका छन् ।

टेस्ट म्याचमा उनले ३७ अर्धशतक बनाएका छन् ।वार्नरले एकदिवसीय र टी–२० क्रिकेटमा पनि आफुलाई सफल खेलाडीकमा रुपमा उभ्याएका छन् । वार्नरको नाममा ४९ अन्तर्राष्ट्रिय शतक छ ।

वार्नर आईपीएलका सबैभन्दा सफल ब्याट्सम्यान पनि हुन् । उनको कप्तानीमा सनराइजर्स हैदरावादले सन् २०१६ को आइपिएलको उपाधि उचालेको थिए । 
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्