ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रहेनन् डकवर्थ नियम बनाउने फ्रान्क 

मंगलबार, असार ११, २०८१

एजेन्सी : क्रिकेटको नियम डकवर्थ–लुइस (डीएलएस) नियमका निर्माता डकवर्थ–लुइस–स्टर्नको निधन भएको छ ।

अमेरिकी तथ्याङ्कविद् समेत रहेका फ्रान्क डकवर्थको ८४ वर्षको उमेरमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको निधनको कारण भने खुलाईएको छैन । उनले आफ्ना साथी सांख्यिकीविद् टोनी लुईससँग मिलेर डीएलएस विधि विकास गरेका थिए ।

यो नियम वर्षाले प्रभावित खेलहरूक लागि प्रयोग गरिन्छ । डीएलएस विधि पहिलो पटक क्रिकेट खेलमा सन् १९९७ मा लागू भएको थियो । त्यसको चार वर्षपछि अर्थात् सन् २००१ मा अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) ले यो नियम प्रयोग गर्न सक्ने संकेत दिएको थियो । फ्रान्क डकवर्थ र टोनी लुईसको सेवानिवृत्ति पछि अष्ट्रेलियाका तथ्याङ्कविद् स्टीवन स्टर्नले यस विधिमा केही सुधारहरू गरे । यस कारण यस नियमलाई डकवर्थ–लुइस–स्टर्न नाम दिईयो ।

वर्षा वा अन्य कुनै कारणले खेल जारी राख्न बाधा पर्दा डकवर्थ लुइस पद्धतिबाट नतिजा निकाल्ने गरिन्छ । डीएलएस नियम लागू गर्दा समय बचत गर्न ओभरको  कटौती देखि धेरै पक्षहरूलाई ध्यान राख्नुपर्नेहुन्छ । कुनै टोलीको कति विकेट बाँकी छ, कति ओभर सकियो र अन्य धेरै पक्षहरूलाई पनि ध्यान दिनुपर्छ । डकवर्थ र लुइसलाई सन् २०१० को जुनमा मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (एमबिई) अवार्डबाट सम्मानित गरिएको थियो ।

फ्रान्क डकवर्थले १९६१ मा लिभरपुल विश्वविद्यालयबाट भौतिकशास्त्रमा थप अध्ययन गरेका  उनले सन् १९६५ मा धातु विज्ञानमा पीएचडी पनि सकाए ।  उनले आईसीसीका लागि सल्लाहकार ,तथ्याङ्कविद्को रूपमा धेरै वर्ष काम गरपछि सन् २०१४ मा अवकाश लिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्