ADD FOR WEBSIDE ADD FOR WEBSIDE
कोपा अमेरिका :

दोस्रो जित निकाल्दै अर्जेन्टिना नकआउट चरणमा 

बुधबार, असार १२, २०८१

एजेन्सी : अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ ।

न्यू जर्सीको मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा चिलीलाई १–० गोलले पराजित अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपनि दोस्रो हाफको अन्त्यतिर लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।

योसंगै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराएको थियो । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्