ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एथलेटिक्समा प्रतिष्पर्धा गर्न ६ भेट्रान्स धावक ढाकामा

बुधबार, असार १२, २०८१

काठमाडौं : बिहीबारदेखि बंगलादेशमा हुने अन्तर्राष्ट्रिय खुला भेट्रान्स एथलेटिक्समा प्रतिष्पर्धा गर्ने ६ जना नेपाली धावक ढाका पुगेका छन् ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा नेपालबाट रेवत दाहाल, बुद्धवीर लामा, दीपककुमार रञ्जित, धर्म महर्जन, लाक्पा शेर्पा लामा, पुष्पलाल श्रेष्ठ, र सन्जिवकुमार ढकालले प्रतिष्पर्धा गर्दैछन् ।

जसमा ४० वर्षमाथिको समुहमा लाक्पा शेर्पा, ५० वर्षमाथिको समुहमा रेवत दाहाल र धर्म महजर्नले प्रतिष्पर्धा गर्दा  ५५ वर्ष माथिकोमा दिपक रञ्जित, ६५ वर्षमाथिको समुहमा बुद्धवीर लामा र पुष्पलाल श्रेष्ठले प्रतिष्पर्धा गर्ने धावक रेबत दाहालले स्पोर्टस् हबलाई जानकारी दिए ।

भोलि (बिहीबार ) जुन २७ देखि २९ सम्म हुने प्रतियोगितामा ३५ वर्षमाथिदेखि ७० वर्षमाथि सम्मको इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
बंगलादेश भेट्रान्स एथलेटिक्स संघको आमन्त्रणमा नेपाल एथलेटिक्स एसोसिएसनले भेट्रान टिमलाई पठाएको हो ।

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्