ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सिडार्स महिला फुटबलका लागि अन्तिम टोलीको घोषणा

बुधबार, असार १२, २०८१

काठमाडौँ : लेबनानमा हुने सिडार्स महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।

राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधवार चार देशीय महिला फुटबलका लागि २२ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ राष्ट्रिय टोलीको गोलरक्षका रुपमा रहेका छन् । यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना र समीक्षा घिमिरे छिन् । रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की र विमला चौधरीले मिडफिल्डरको भुमिका निभाउने छन् ।

यस्तै फरवार्डका रुपमा सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ रहेका छन् । आगामी असार २६ गतेबाट लेवनानमा सुरु हुने प्रतियोगिताको उद्धघाटन खेलमा नेपालले जोर्डनसंग खेल्दै प्रतियोगितको सुरुवात गर्नेछ । लेबनानले आयोजना गर्ने यस प्रतियोगितामा आयोजकसहित नेपाल,बंगलादेश र जोर्डनको सहभागिता रहनेछ ।
-यस्तो छ नेपाली टोली 

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ ।

डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना र समीक्षा घिमिरे ।

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की र विमला चौधरी ।

फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ ।

Nepali-women-football-1719399801.jpg


 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्