ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालविरुद्धको सिरिज एक खेल अगावै वेष्टइण्डिज ‘ए’ लाई

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं : नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–ट्वान्टी सिरिज एक खेल अगावै गुमाएको छ। 
बिहीबार भएको चौथो खेलमा पराजित भएसँगै नेपालले सिरिज ३–१ ले गुमाएको छ। बिहीबारको चौथो खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै वेष्ट इण्डिजले पाँच खेलको सिरिज ३ –१ ले आफ्नो पक्षमा पारेको हो। 
कीर्तिपुरस्थित क्रिकेट मैदानमा २१० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा अल आउट हुँदै १८१ रनमै समेटियो। 
नेपालका लागि रोहित पौडेलले अर्धशतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त हुन सकेन। ४७ बलका सामना गरेका पौडलले ७ चौका र ५ छक्काको मद्दतमा ८२ रन जोडे। त्यस्तै, सुन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान १९÷१९ रन जोड्दा अविनाश बोहरा १७ रनमा अविजित रहे। सोमपाल कामीले १० रन बनाए ।
कुशल मल्ल ४ र कुशल भुर्तेल एक रनमा आउट हुँदा आसिफ शेख र प्रतिश जिसि शून्यमा पभेलियन फर्किए।
वेष्ट इण्डिजका म्याथ्यु फोर्डे र हेडेन वाल्शले समान तीन/तीन र फेवियन एलेन र गुडाकेश मोतीले दुइ/दुइ विकेट लिए ।
त्यसअघि टस जितेर शुरुवाती ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । 
वेष्ट इण्डिजको लागि जोनसन चाल्र्स र आन्द्रे फ्लेचरले अर्धशतकीय पारी खेलेका छन् । ३० बलका सामना गरेका चाल्र्सले  ६ छक्का र ३ चौकाको मद्दतमा ५८ रन जोड्दा ५४ बलका सामना गर्दै ८४ रन जोडेका आन्द्रे अविजित रहे । फवियन एलेन ३३ रनमा नट आउट रहे ।
वेष्ट इण्डिजलाई सस्तैमा समेट्ने क्रममा नेपालका कुशल भुर्तेलले दुइ तथा प्रतिश जिसीले एक विकेट लिए ।
नेपाल र वेष्टइण्डिजबीचको पाँचौं तथा अन्तिम खेल आगामी शनिबार हुनेछ ।
आगामी जुनमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ए बीच मैत्रीपूर्ण खेल भइरहेको हो । 
विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपमा नेपाल रहेको समुह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज रहेको समूह ‘सी’ मा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्