ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला एसिया कप :

एसिया कपका लागि ईन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

दिपेन्द्र सिं ऐरीका बहिनी पनि टोलीमा
बुधबार, असार १२, २०८१

काठमाडौँ  :नेपाल क्रिकेट संघ क्यानले महिला एसिया कप क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

क्यानले बुधवार साँझ ईन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान वर्मासंगै रुबिना क्षेत्री,सिताराना मगर,बिन्दु रावल,कविता कुँवर,कविता जोशी,सम्झना खड्का रहेका छन् । यस्तै काजोल श्रेष्ठ,सवनम राई, राजमती ऐरी,ममता चौधरी,कृतिका मरासीनी,रोमा थापा र डोली भट्ट रहेका छन् ।

नेपाली पुरुष राष्ट्रिय टोलीका अलराउण्डर दिपेन्द्र सिं ऐरीका बहिनी राजमती ऐरी पनि टोलीमा परेकी छन् । एसिया कपको उद्घाटन खेलमा नेपालले युएईसंग प्रतिस्पर्धा गर्ने छ । आगामी जुलाई १९ तारिखबाट २८ तारिख सम्म श्रीलंकामा हुने एसिया कपमा ८ राष्ट्रले सहभागि जनाउने छन् ।

एसिया कपमा नेपालसहित भारत, पाकिस्तान ,युएई ,बंगलादेश ,श्रीलंका, मलेसिया र थाईल्याण्ड सहित ८ टोली सहभागी छन् । नेपाल रहेको समुह "ए" मा भारत,पाकिस्तान जस्ता बलिया टोली रहेका छन् । यसअघि नेपालले आफ्नो पहिलो खेल जुलाई १९ मा पाकिस्तानसंग खेल्ने तालिका रहेपनि एसियाली क्रिकेट काउन्सिलले मंगलवार अद्यावधिक गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो ।

acc-women-asia-cup-1719415042.jpg


 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्