ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकाको खराब प्रदर्शनपछि जयवर्धनेको राजीनामा

बुधबार, असार १२, २०८१

एजेन्सी : जारी टी–२० विश्वकपमा खराब प्रदर्शन गरेपछि क्रिकेटर महेला जयवर्धनेले श्रीलंकाली क्रिकेट टोलीका सल्लाहकार प्रशिक्षकको पदबाट राजीनामा दिएका छन् ।

श्रीलंका क्रिकेट बोर्डले एक बुधवार आधिकारिक विज्ञप्ति जारी गर्दै उनको राजीनामाको पुष्टि गरेको छ । आकस्मिक रुपमा जयवर्धनेले दिएको राजीनामाको कारण भने खुलाईएको छैन  । सन् २०२२ मा सल्लाहकारको जिम्मेवारी लिएका जयवर्धनेले आफ्नो कार्यकालमा श्रीलंका राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन सुधार गर्र्न महत्त्वपूर्ण योगदान दिएका छन् ।

सन् २०२२ मा अष्ट्रेलियामा भएको टी–२० विश्वकपअघि श्रीलंका क्रिकेट टोलीमा सल्लाहकार प्रशिक्षकका रूपमा सामेल भएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्