ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अफगानिस्तानका कप्तान राशिद खान आईसीसीको कारवाहीमा

बुधबार, असार १२, २०८१

एजेन्सी : अफगानिस्तानका कप्तान राशिद खान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कारवाहीमा परेका छन् ।

बंगलादेशविरुद्धको खेलमा आचारसंहिता उल्लघंन गरेको भन्दै खानलाई आईसीसीले कारवाही गरेको हो । अफगानिस्तानको इनिङ्सको अन्तिम ओभरमा उनका ब्याटिङ पार्टनर करिम जनातले दोस्रो रन लिन अस्वीकार गरेपछि खानले आक्रोसित हुँदै आफ्नो ब्याट भुइँमा फ्याँकेका थिए ।

खानले आईसीसीको आचारसंहिताको धारा २.९ उल्लङ्घन गरेकोमा दोषी पाईएको हाे । जुन अन्तर्राष्ट्रिय खेलको क्रममा अनुपयुक्त वा खतरनाक तरिकामा खेलाडीको नजिक कुनैपनि क्रिकेट उपकरण फ्याँक्ने सम्बन्धमा छ ।

राशिदको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक थपिएको छ । यो २४ महिना भित्र उनको पहिलो अपराध हो। उनले आफ्नाे गल्ती स्वीकार गरिसकेका छन् ।२४ महिनाको अवधिभित्र कुनै खेलाडीले चार वा सोभन्दा बढी डिमेरिट अंक हासिल गरेमा निलम्वन अंकमा परिणत हुने प्रावधान छ । 

अफगानिस्तानको इनिङ्सको अन्तिम ओभरमा भएको घटनापछि राशिद खानले प्रतिबन्धको भने सामना गर्नुपर्ने छैन । 

 

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्