ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

अफगानिस्तान ५६ रनमा अलआउट

बिहीबार, असार १३, २०८१

एजेन्सी :आईसीसी टी–२० विश्वकपको फाईनल प्रवेशकालागि अफगानिस्तानले दक्षिण अफ्रिकासामु ५७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

ब्रायन लारा स्टेडियम, त्रिनिदादमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तान ११.५ ओभरमा सवै विकेट गुमाउँदै ५६ रनमा समेटियो । अफगानिस्तानकालागि अजमातुल्लाह उमरजाईले सर्वाधिक १० रन बाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा  मार्को जेन्सेन  र  तबरेज शम्सीले समान ३ -३ विकेट लिए । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्