ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

अपराजित रहँदै दक्षिण अफ्रिका पहिलो पटक फाईनलमा

अफगानिस्तान ९ विकेटले पराजित
बिहीबार, असार १३, २०८१

एजेन्सी : दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाईनलमा प्रवेश गरेको छ ।

बिहिवार विहान भएको पहिलो सेमिफाईनलमा अफगानिस्तानविरुद्ध ९ विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले फाईनलमा स्थान सुरक्षित गरेको हो । जितकालागि अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.४ ओभरमा १ विकेट गुमाएर भेटायो ।

दक्षिणअफ्रिकाको जितमा  रीजा हेन्ड्रिक्सले सर्वाधिक २९ तथा कप्तान एडेन मार्करामल २५ रन जोडे । क्वीन टन डे ककले ५ रन जोडे । जारी विश्वकपमा दक्षिण अफ्रिका अपराजित टोली हो । उसले अहिले सम्म खेलेका ८ वटै खेल जितेको छ ।

Rasid-Khan-crying-1719456030.jpg

त्यसअघि ब्रायन लारा स्टेडियम, त्रिनिदादमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तान ११.५ ओभरमा सवै विकेट गुमाउँदै ५६ रनमा समेटिएको थियो । अफगानिस्तानकालागि अजमातुल्लाह उमरजाईले सर्वाधिक १० रन बाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा  मार्को जेन्सेन र तबरेज शम्सीले समान ३ –३ विकेट लिए । दक्षिण अफ्रिकाले अब उपाधिकालागि भारत र इंग्ल्याण्डबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । 
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्