ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पाँच हजार मिटर दौडमा नेपालका लामा पहिलो 

बिहीबार, असार १३, २०८१

ढाका : अन्तरराष्ट्रिय खुल्ला भेट्रान्स एथ्लेटिक्स च्याम्पियन्सीप अन्तर्गत दौडमा नेपालका बुद्धवीर लामाले पहिलो स्थान हात पारेका छन् । बंगलादेशको ढाकामा बिहिवार  भएको ५००० मिटर दौडमा भेट्रान्स विधामा नेपालका बुद्धवीर लामा पहिलो भएका हुन् । सोही प्रतियोगितामा भारत दोस्रो तथा बंगलादेशले तेस्रो स्थान हात पारेको छ ।

एथलेटिक्समा प्रतिष्पर्धा गर्ने ६ जना नेपाली धावक ढाका पुगेका हुन् । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी प्रतियोगितामा नेपालबाट रेवत दाहाल, बुद्धवीर लामा, दीपककुमार रञ्जित, धर्म महर्जन, लाक्पा शेर्पा लामा, पुष्पलाल श्रेष्ठ, र सन्जिवकुमार ढकालले प्रतिष्पर्धा गर्दैछन् ।

जसमा ४० वर्षमाथिको समुहमा लाक्पा शेर्पा, ५० वर्षमाथिको समुहमा रेवत दाहाल र धर्म महजर्नले प्रतिष्पर्धा गर्दा  ५५ वर्ष माथिकोमा दिपक रञ्जितले प्रतिष्पर्धा गर्ने छन् ।

यो पनि :एथलेटिक्समा प्रतिष्पर्धा गर्न ६ भेट्रान्स धावक ढाकामा

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्