ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अन्तर्राष्ट्रिय भेट्रान्समा नेपालका महर्जन पहिलो र दाहाल द्धितीय

बिहीबार, असार १३, २०८१


ढाका: ५० वर्षमाथिको उमेर समुहबाट अन्तर्राष्ट्रिय खुल्ला भेट्रान्स एथ्लेटिक्स च्याम्पियन्सीपमा नेपालका धर्म महर्जन प्रथम हुन सफल भएका छन् । 
बंगलादेशको ढाकामा जारी प्रतियोगितामा सोही उमेर समुहबाट नेपालकै रेवत दाहाल दोस्रो भएका छन् । उनीहरु ५ हजार मिटर दौडमा पहिलो र दोस्रो बनेका हुन् । तेस्रो स्थान भने बंगलादेशले हासिल गरेको छ ।

 ५० वर्षमाथि धर्मले १७ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए। धर्मले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपालकै दाहाल दोश्रो भए। उनले निर्धारित दूरी तय गर्न १७ मिनेट ५० सेकेन्ड समय लगाए।
५५ वर्षमाथि उमेर समुहबाट नेपालका दिपक रञ्जितले तेस्रो स्थान हात पारेका छन् । यसअघि बिहीबार नै भएको खेलमा ६५ वर्षमाथिका उमेर समुहबाट नेपालका बुद्धवीर लामा पहिलो भएका थिए । 
एथ्लेटिक्समा प्रतिष्पर्धा गर्ने ६ जना नेपाली धावक ढाका पुगेका छन् । 

पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथा लाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्। उक्त दौड शनिबार हुने छ। शनिबारै धर्मले १० हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्