ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भेट्रान्स एथ्लेटिक्स च्याम्पियनसीपमा नेपाललाई दुइ स्वर्ण

बिहीबार, असार १३, २०८१

ढाकाः अन्तर्राष्ट्रिय खुल्ला भेट्रान्स एथ्लेटिक्स च्याम्पियनसीप २०२४ मा नेपालले दुइ स्वर्ण हात पारेको छ । एक रजत र एक कास्य पदक नेपालले प्राप्त गरेको छ । 

बंगलादेशको ढाकामा जारी च्याम्पियनसीप अन्तर्गत आज भएको ५ हजार मिटरको दौडमा ६५ वर्ष उमेर समूहबाट नेपालका बुद्धवीर लामा र ५० वर्ष समुहबाट धर्मराज महर्जनले स्वर्ण जितेका हुन् । 
यस्तै, ५० वर्ष समुहबाट रेवत बहादुर दाहालले रजत पदक र ५५ वर्षका दिपक कुमार रञ्जितले कास्य पदक हात पार्न सफल भएका छन् । 
बंगलादेश भेटा«न्स एथ्लेटिक्स संघको आमन्त्रणमा नेपाल एथ्लेटिक्स एशोसिएशनले ६ जना धावकलाई नेपालको प्रतिनिधित्व गराउँदै ढाका पठाएको थियो । 
अब आगामी शनिबार १० हजार मिटरको दौडमा ६५ वर्ष उमेर समूहबाट नेपालका पुष्पलाल श्रेष्ठ, ४० वर्ष उमेर समूहबाट लाक्पा शेर्पा र ५० वर्ष उमेर समूहबाट धर्मराज महर्जनले प्रतिष्पर्धा गर्नेछन् ।


 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्