ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यी हुन् यसवर्ष राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेहरु

बिहीबार, असार १३, २०८१

काठमाडौं: यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेहरुको सूची सार्वजनिक भएको छ । 


युवा तथा खेलकुद मन्त्रालयले आज सम्मानका लागि सिफारिस भएका ८ व्यक्ति तथा एक संस्थाको नाम सार्वजनिक गरेको हो । 
सार्वजनिक सूची अनुसार लोक कला संस्कृति र नृत्य विधाका सुर्खेत वीरेन्द्रनगर २ का उत्तम शर्मा, युवा सशक्तिकरण र नेतृत्व विकासमा लागेका भक्तपुर चाँगुनारायण ७ का सविन लामिछाने, गीत संगित क्षेत्रमा नवलपरारी गैडाकोट ४ का वि.पी. वाग्ले (भीमप्रसाद), समाज सेवा विधामा धनुषा बटेश्वर ३ का सरोजकुमार महतोले सम्मान पाउने भएका हुन् ।


यस्तै उद्यमशिलता तर्फ राप्ती ८ चितवनकी दिपीका थापा, युवा सशक्तिकरण, नेतृत्व विकास समाजसेवा तर्फ नमोबुद्ध ७ काभे्रका अशोक खनाल, लघु उद्यम शिक्षा रोजगारीतर्फ वीरेन्द्रनगर ११ का दिपककुमार बुढाक्षेत्री सम्मानका लागि सिफारिस भएका छन् । संस्था तर्फ बर्दिया गुलरिया स्थित द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप सिफारिस भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले प्रत्येक वर्ष सम्मानपत्र सहित नगद १ लाख रुपैंया राशिको राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएको छ ।

Youth-&-Sports-1719493796.jpg


 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्