ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

विश्वकप क्रिकेटको उपाधी भिडन्त आज

भारतलाई १७ वर्षपछि ईतिहास रच्ने सुनौलो मौका
शनिबार, असार १५, २०८१

एजेन्सी :आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधी छिनोफानो आज (शनिवार) हुने भएको छ ।

जारी खेलमा अहिले सम्म एउटा पनि खेल नहारेको भारत र दक्षिण अफ्रिकाबीच आज उपाधि भिडन्त हुन लागेको हो । वेष्टइण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार आज बेलुका सवा ८ बजे हुने फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो । सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि ईतिहास रच्ने सुनौलो मौका पनि छ ।

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकपको सेमिफाइनल खेलिरहेको अफगानिस्तानलाई हराउँदै फाईनलको यात्रा तय गरेको हो । सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो । 
हेड टु हेड :
भारत र दक्षिण अफ्रिकाबीच टी–२० को ढाँचामा अहिले सम्म २६ पटक भेट भएको छ । जसमा भारतको दबदबा देखिन्छ  । २६ खेलमध्ये भारतले १४ खेलमा जित निकाल्दा ११ खेलमा पराजय भोगेको छ ।

भारत र दक्षिण अफ्रिकाको टोली दुई पटक तटस्थ स्थानमा आमनेसामने भएका छन् । जसमा दुवै पटक दक्षिण अफ्रिकी टोलीले हार बेहोरेको थियो । यसरी हेर्दा दक्षिण अफ्रिकाविरुद्धको टी–२० ढाँचामा भारतीय टोलीले दबदबा कायम राखेको देखिन्छ । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०५:०५
प्रतिक्रिया दिनुहोस्