ADD FOR WEBSIDE ADD FOR WEBSIDE

६५ वर्ष उमेर समुहमा नेपालका धावक पुष्पलाल श्रेष्ठलाई स्वर्ण

शनिबार, असार १५, २०८१

ढाका: खुल्ला अन्तरराष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसीप अन्तर्गत शनिवार भएको ६५ वर्ष उमेर समुहबाट नेपालका पुष्पलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ६५ वर्ष उमेर समुहबाट श्रेष्ठले दस हजार मिटर दौडमा स्वर्ण जित्न सफल भएका हुन् । 
त्यसअघि शुक्रबारको खेलमा पनि ५० वर्ष उमेर समुहबाट १५ सय मिटर दौडमा नेपालका धावक रेवत बहादुर दाहालले स्वर्ण हात पार्न सफल भएका थिए । उनले ५ हजार मिटर दौडमा आफ्नो उमेर समुहबाट रजत पदकसमेत हात पारेका छन् ।


च्याम्पियनसीमा भाग लिन नेपालका ६ धावक ढाकामा पुगेका थिए । जसमध्ये नेपाललाई चार स्वर्णसहित एक एक रजत र कास्य पदक प्राप्त भएको छ । 

Swarna-1719492362.jpg

Rewat--1719557836.jpg


स्वर्ण जित्नेहरुमा ५ हजार मिटर दौडमा ६५ वर्ष समुहबाट नेपालका बुद्धवीर लामा, ५० वर्ष उमेर समुहबाट धर्म महर्जन, सोही उमेर समुहबाट रेवत दाहालले रजत पदक र ५५ वर्ष उमेर समुहबाट दिपक रञ्जितले कास्य पदक हासिल गरेका छन् । 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्