ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले लेबनानमा हुने सेडार्स महिला फुटबल नखेल्ने 

शनिबार, असार १५, २०८१

काठमाडौँ : खेलाडीहरुको सुरक्षा चुनौतिको कारण देखाउँदै नेपालले लेबनानमा हुने चार देशीय सेडार्स महिला फुटबल नखेल्ने घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिवार एक जानकारी गराउँदै नेपालले लेबनानमा हुने भनिएको चार देशीय सेडार्स महिला फुटबल नखेल्ने भएको जनाएको हो ।

प्रतियोगिताका लागि २२ सदस्यीय महिला टोलीको घोषणा गरेको ३ दिनपछि (एन्फा)को उक्त घोषणा आएको हो । लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मुख्य कारण देखाएको छ । प्रतियोगिता आगामी असार २६ गतेबाट लेवनानको बेरुतमा सुरु हुँदैछ ।

प्रतियोगितामा आयोजक लेवनानसहित,बंगलादेश र जोर्डनको सहभागिता रहनेछ । नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन तत्पर रहेको एन्फाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्