ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

फाईनल खेलमा पानी परे के हुन्छ विश्वकप ?

भारत र दक्षिणलाई ईतिहास रच्ने मौका 
शनिबार, असार १५, २०८१

एजेन्सी : टी–२० विश्वकपको फाईनल खेल अबरुद्ध हुने चिन्ता थपिन थालेको छ । फाईनल खेल सुरु हुन केहि समय मात्रै बाँकी रहँदा वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको फाईनल खेल रद्ध हुने चिन्ता बढ्न थालेको हो । मौसम पूर्वानुमान महाशाखाले फाईनल खेल हुने वेष्टईण्डिजको मैदान केंसिंग्टन ओवल, ब्रिजटाउन, बारबाडोसमा केहि समय पानी पर्ने भविष्यवाणी गरेका छन् । स्थानीय समयअनुसार विहान ४ बजेदेखि ९ बजेसम्म ५० प्रतिशत आर्द्रताको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म ३० प्रतिशतसम्म घट्न सक्ने भएपनि त्यसपछि फेरि वर्षा बढ्ने सम्भावना छ ।
वर्षा भएमा के हुन्छ ?
यदि वर्षा भयो भने खेल ढिलो हुन सक्छ । महत्वपूर्ण कुरा के हो भने टी–२० विश्वकप फाइनलका लागि रिजर्भ डे राखिएको छ । यदि यो खेल शनिबार साँझ खेल्न नसके आइतबार साँझ हुनेछ । खेलका समयमा यदि वर्षा भएमा खेल पुरा गर्न १९० मिनेटको समय थपिनेछ । विजेता बन्नका लागि एउटा टोलीले कम्तिमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ । शनिबारको अतिरिक्त समयमा पनि दश ओभरको ब्याटिङ सम्भव भएन भने आइतबार अर्थात् रिजर्भ डेमा खेल बाँकी रहेको स्थानबाट सुरु गर्नुपर्नेछ । तर, आइतबार पनि वर्षाको सम्भावना रहेको अनुमान छ । तर शनिवारको तुलनामा आईतवार २० प्रतिशत मात्रै वर्षाको सम्भावना छ । रिजर्भ डेमा पनि खेलको नतिजा नआएमा दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिनेछ ।

यदि खेल बराबरी भएमा सुपर ओभरबाट निर्णय हुनेछ । सुपर ओभरमा पनि बराबरी भएमा अर्को सुपर ओभर हुनेछ । खेलको निर्णय नभएसम्म सुपरओभर जारी रहनेछ । वर्षाका कारण सुपर ओभर पनि हुन नसके दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिनेछ ।
दुवै टोलीलाई ईतिहास रच्ने मौका 
दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो । सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि ईतिहास रच्ने सुनौलो मौका पनि छ ।
पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकपको सेमिफाइनल खेलिरहेको अफगानिस्तानलाई हराउँदै फाईनलको यात्रा तय गरेको हो । सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो । 
हेड टु हेड :
भारत र दक्षिण अफ्रिकाबीच टी–२० को ढाँचामा अहिले सम्म २६ पटक भेट भएको छ । जसमा भारतको दबदबा देखिन्छ  । २६ खेलमध्ये भारतले १४ खेलमा जित निकाल्दा ११ खेलमा पराजय भोगेको छ ।
भारत र दक्षिण अफ्रिकाको टोली दुई पटक तटस्थ स्थानमा आमनेसामने भएका छन् । जसमा दुवै पटक दक्षिण अफ्रिकी टोलीले हार बेहोरेको थियो । यसरी हेर्दा दक्षिण अफ्रिकाविरुद्धको टी–२० ढाँचामा भारतीय टोलीले दबदबा कायम राखेको देखिन्छ ।
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्