ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भेट्रान्स एथलेटिक्स च्याम्पियनसीपमा नेपाललाई पाँच स्वर्ण

शनिबार, असार १५, २०८१

ढाकाः अन्तर्राष्ट्रिय खुला भेट्रान्स एथलेटिक्स च्याम्पियनसीप –२०२४ मा नेपाललाई पाँच स्वर्ण पदक प्राप्त भएको छ ।
बंगलादेशको ढाकामा गत बिहीवार सुरु भएर शनिवार सकिएको च्याम्पियनसीपमा नेपालले ५ स्वर्ण, १ रजत र १ कास्य जितेको हो । 
१० हजार मिटर दौड अन्तर्गत शनिवार भएको आफ्नो अन्तिम खेलमा ६५ बर्ष समुहमा नेपालमा पुष्पलाल श्रेष्ठ र ५० वर्ष समुहका धर्म महर्जनले नेपालका लागि स्वर्ण दिलाएका धावक रेवत दाहालले स्पोर्टस् हबलाई जानकारी दिए । ४० वर्ष समुहबाट स्पर्धामा उत्रिएका नेपालका लाक्पा शेर्पा पाँचौ हुन सफल भएका छन् ।

veterans-02-1719661681.jpg

यसअघि शुक्रवार भएको ५० बर्ष उमेर समुहमा १५०० मिटर दौडमा रेवत दाहालले स्वर्ण जितेका थिए भने बिहीवार ५ हजार मिटरतर्फ ६५ वर्ष समुहका भेट्रान्स धावक बुद्धवीर लामा र ५० वर्ष समुहबाट  धर्म महर्जनले स्वर्ण दिलाएका हुन् ।

उक्त दुरीमै ५० वर्ष उमेर समुहका धावक दाहालले रजत हात पार्दा ५५ वर्ष समुहका धावक दिपक कुमार रञ्जितले कास्य पदक पाएका थिए ।

veterans-03-1719661704.jpg

बंगलादेश भेट्रान्स एथलेटिक्स संघको आमन्त्रणमा नेपाल एथलेटिक्स एसोसिएसनले भेट्रान टिमलाई ढाका पठाएको थियो । ६ सदस्यीय भेट्रान्स धावक टोली पाँच स्वर्ण, एक रजत र एक कास्यसहित आगामी मंगलबार दिउँसो स्वदेश फर्कनेछन् । 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्