ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिका विरुद्ध भारत ब्याटिङमा

शनिबार, असार १५, २०८१

एजेन्सी: आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधीका लागि अहिले भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भईरहेको छ । 


वेष्टइण्डिजको बार्बाडोस स्थित केन्सिङ्टन ओभल स्टेडियममा टस जितेको भारतले सुरुवाती ब्याटिङ रोजेको छ । अहिले सम्म एउटा पनि खेल नहारिकन विश्वकप पुगेको दुवै टोली नयाँ ईतिहास रच्ने दाउमा छ । 

दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो । सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि ईतिहास रच्ने सुनौलो मौका छ । 
भारतीय टोलीका लागि बिराट कोहली प्रमुख समस्याका रुपमा रहेका छन् । यो विश्वकपमा खासै फर्ममा नदेखिएका उनलाई आजको खेलमा बाबार आजमको किर्तिमान बराबरी गर्ने अवसर पनि छ । 
टी–२० करियरमा पाकिस्तानी कप्तान आजमले सर्वाधिक ३९ अर्धसतक प्रहार गरेका छन् । कोहलीले ३८ अर्धशतक प्रहार गरेका छन् । 
आईसीसीले टी–२० विश्वकपको फाइनलका लागि रिजर्भ डे राखेको छ । यदि वर्षाले आजको  फाईनल खेल हुन नसकेमा भोली आइतवार खेलाईने छ ।
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्