ADD FOR WEBSIDE ADD FOR WEBSIDE

चौतारा स्पोर्टिङ जिल्ला लिगको फाइनलमा

शुक्रबार, वैशाख २१, २०८१

काठमाण्डौःचौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोक जिल्ला लिगको फाइनलमा पुगेको छ । लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा योङ जेनेरेसन युवा क्लबलाई १–० ले गोल अन्तरले पराजित गर्दै चौतारा फाईनलमा पुगेको हो ।

चौताराको जितमा विशालजंग रायमाझीले गरेको गोल नै निर्णायक बन्यो । चौताराले अब उपाधिकालागि न्यु सदाबहार युवा क्लब र धार्पा युवा क्लब बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल भिडन्त शनिबार हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्