ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

विश्वकप जित्न दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको लक्ष्य

शनिबार, असार १५, २०८१

एजेन्सी : आईसीसी टी–२० विश्वकपको उपाधि जित्न भारतले दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेष्टइण्डिजको बार्बाडोसस्थित केन्सिङ्टन ओभल स्टेडियममा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो ।

कुनै समय पाँच ओभरमा ३ विकेट गुमाईसकेको भारतको इनिङ बिराट कोहली र अक्षर पटेलले उकासेका थिए । सर्वाधिक रन बनाउने क्रममा कोहलीले अर्धसतक प्रहार गर्दै बाबार आजमको नाममा रहेको ३९ अर्धशतक बराबरी समेत गरे । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे ।

अक्षर पटेलले ४७ ,शिवम दुवेले २७ तथा हार्दिक पाण्ड्याले ५ रन जोडे । कप्तान रोहित शर्माले ९ तथा  सुर्यकुमार यादव ३ रनमा समेटिदाँ ऋषभ पन्तले खातानै खोल्न सकेनन् । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्