ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

१७ वर्षपछि विश्वकपको उपाधि भारतलाई

दक्षिण अफ्रिका ७ रनले पराजित 
आइतबार, असार १६, २०८१

एजेन्सी : आईसीसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ ।

शनिवार राती भएको फाईनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको छ । जितकालागि १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १६९ रन मात्र बनाउन सक्यो । उसकालागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान गरे । क्वीन डे ककले ३९ तथा  ट्रिस्टन स्टब्सले ३१ रन जोडे ।

south-africa-1719707379.jpg

दक्षिण अफ्रिकाको सुरुवात भने राम्रो थिएन । रिजा हेन्ड्रिक्स र कप्तान एडेन मार्कराम चार–चार रन बनाएर आउट भएका थिए । यस्तो अवस्थामा क्विन्टन डी कक र ट्रिस्टन स्टब्सले ६८ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई खेलमा फर्काए पनि जित दिलाउन भने सकेनन् । १५ औं ओभरमा क्लासेनले अक्षर पटेलबाट २४ रन लिएका थिए । झण्डै दक्षिण अफ्रिाकाको पोल्टामा पुगिसकेको उपाधि अन्तिम ४ ओभरमा रवाफिलो बलिङ गरेपछि भारतले उपाधि चुम्न सकेको हो ।

१६ ओभरमा दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर १५१ रन बनाएको थियो । अफ्रिकालाई जितका लागि अन्तिम ४ ओभरमा २६ रन जोड्नु परेको थियो । हार्दिक पाण्ड्याले १७ औं ओभरको पहिलो बलमा क्लासेनलाई आउट गरे। अर्को २ ओभरमा ६ रन मात्रै आयो । अर्शदीप सिंहले १९ औं ओभरमा ४ रन मात्र दिएका कारण खेल भारततर्फ मोडियो । अन्तिम ओभरमा हार्दिक पाण्ड्याले मात्र ८ रन दिएपछि भारतको ७ रनले खेल जितेको हो ।

india-dancing-1719707473.jpg

त्यसअघि वेष्टइण्डिजको बार्बाडोसस्थित केन्सिङ्टन ओभल स्टेडियममा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो । कुनै समय पाँच ओभरमा ३ विकेट गुमाईसकेको भारतको इनिङ बिराट कोहली र अक्षर पटेलले उकासेका थिए ।

सर्वाधिक रन बनाउने क्रममा कोहलीले अर्धसतक प्रहार गर्दै बाबार आजमको नाममा रहेको ३९ अर्धशतक बराबरी समेत गरे । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे ।

अक्षर पटेलले ४७ ,शिवम दुवेले २७ तथा हार्दिक पाण्ड्याले ५ रन जोडे । कप्तान रोहित शर्माले ९ तथा  सुर्यकुमार यादव ३ रनमा समेटिदाँ ऋषभ पन्तले खातानै खोल्न सकेनन् । 
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्